औषधि व्यवसायीमाथि हातपात गरेपछि बीरगञ्जका औषधि पसलहरु बन्द

समाचार

वीरगञ्ज ९ भदौ । पर्सा प्रहरीले औषधि व्यवसायीमाथि हातपात गरेपछि बीरगञ्जका औषधि पसलहरु लगभग आज दिनभर बन्द रहे ।त्रिशक्ति मेडिकल हलका स्टाफमाथि हातपात गरेपछि कुरा बुझ्न पुगेका मेडिकल सञ्चालक दिलिपबिक्रम साहलाई पक्राउ गरेको थियो । औषधि व्यवासायीलाई हातपात गरेर थुनेको थाहा भएपछि औषधि व्यवस्ययीहरु आन्दोलित बनेका थिए ।

औषधि पसलेहरुले निषेधाज्ञाकाबीच पनि सेवा दिइरहेको अवस्थामा प्रहरीले ज्यादति गरेको भन्दै पसलहरु बन्द गरेर विरोध जनाएका थिए ।वडा प्रहरीले कार्यालय विर्ताले पछि आन्दोलित व्यवसायीमध्ये ३ जनालाई पक्राउ गरेको छ ।पसल बन्द गर्ने क्रममा पक्राउ परेका मध्ये उज्ज्वल मनिष श्रीवास्तव,सुरज चन्द्रवसिंह र दिलिप शाह रहेका छन् ।

कोरोना जोखिम न्यूनीकरणका लागि पर्सामा विगत एक महिनादेखि निषेधाज्ञा लगाइएको छ । कोरोनाको कारण पर्साका सुगम तथा ग्रामीण भेग समेत अछुतो रहेको छैन । अति आवश्यक सेवा बाहेक सम्पूर्ण सेवा बन्द गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *