कोभिड-१९ ‘वार्ड’मा ‘पीपीई’ लगाएर पण्डितले गरे हवन !

अन्तर्राष्ट्रिय

काठमाडौं । कोरोना भाइरसको संक्रमण नियन्त्रणको लागि गायत्री मन्त्र थेरापी पछि अब कोरोना वार्डमा पीपीई किट लगाएर पण्डितहरुले मन्त्रोच्चारणसहित हवन गरेका छन् ।

यसको फोटो सामाजिक सञ्जालमा अहिले भाइरल बनिरहेको छ । यो खबर भारतको हो ।भारतीय सञ्चारमाध्यमका अनुसार देशमा पहिलोपटक पीपीई कीट लगाएर पण्डितले कोरोना वार्डमा हवन गरेका छन् । यो समाचार आनन्द अस्पतालको कोभिड वार्डमा गरिएको हो ।

यो कार्यक्रममा अस्पतालमा कर्मचारीहरु पनि सहभागी रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *