जगदम्बा स्टिलले उत्पादन गरेका फलामे रडको गुणस्तर कमजोर।

जानकारि

काठमाडौं, शंकर ग्रुप अन्तर्गतको जगदम्बा स्टिलले उत्पादन गरेका फलामे रडको गुणस्तर कमजोर भेटिएको छ । जगदम्बाले फलामे डण्डी उत्पादन गर्दा मापदण्डभन्दा बढी केमिकल प्रयोग गरेर गुणस्तरलाई बेवास्ता गरेको भेटिएको हो ।जगदम्बाले फलामे डण्डी उत्पादन गर्न उच्च गुणस्तरको ब्लेड प्रयोग गर्नुपर्नेमा कवाडीमार्फत संकलन गरेका फलामका टुक्रा पगालेर ब्लेड बनाई प्रयोग गर्दै आएको छ । यसले उत्पादन लागत केही कम हुन्छ । जगदम्बा स्टिल सञ्चालन गर्ने शंकर ग्रुपका प्रबन्ध सञ्चालक शाहिल अग्रवाल हुन् ।

नेपाल गुणस्तर तथा नापतौल विभागले गरेको गुणस्तर परीक्षणमा जगदम्बा स्टिलको डण्डीमा कार्बन, फस्फोरस र सल्फरको मात्रा आवश्यकताभन्दा बढी पाइएको हो । केमिकल बढी भएपछि रडमा लचिलोपन कम हुन्छ र रड भाँच्चिने सम्भावना बढी हुन्छ ।काठमाडौं महानगरपालिका–१६, खरिबोट, बोहोराटारका श्रीकृष्ण भट्टराईले घर निर्माण गर्दा जगदम्बा स्टिलको १६ एमएमको डण्डी भाँच्चिएको थियो । डण्डी गुणस्तरहीन भएको भन्दै भट्टराईले गुणस्तर परीक्षण, क्षतिपूर्ति र कारबाहीको माग गर्दै निवेदन दिएपछि विभागले जगदम्बाको डण्डी परीक्षण गरेको थियो ।
source-sidhakura online

Leave a Reply

Your email address will not be published. Required fields are marked *