घरबाटै अनलाइन सेयर कारोबार गर्न सकिने युजर नेम र पासवर्ड लिन ब्रोकर अफिस धाउन नपर्ने

समाचार

सेयर बजारमा अनलाइन कारोबारका लागि घरबाटै आफ्नो विवरण पठाउन सकिने भएको छ । कोरोना संक्रमण बढेको बेला भौतिक दुरी कायम गर्न अनलाइन कारोबारले सहयोग गर्ने नेपाल स्टक एक्सचेन्जले जनाएको छ । यो व्यवस्थाले अनलाइन कारोबार गर्नका लागि आवश्यक युजरनेम र पासवर्ड लिन लगानीकर्ताहरु ब्रोकर कार्यालयसम्म धाउनु नपर्ने भएको छ ।
नेप्सेले सबै ब्रोकर कम्पनीहरुको टीएमएस लिंकमा अनलाइन रजिष्ट्रेसन गर्न सक्ने सुविधा उपलब्ध गराएको छ । अनलाइनमार्फत नै केवाइसी पनि अद्यावधिक गर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *