१० प्रतिशत घट्यो लघुवित्तको कारोबार !

समाचार

१० भदौं, काठमाडौं । कोरोना महामारीपछि लघुवित्त वित्तीय संस्थाहरुको कर्जा लगानी सुस्ताएको छ । तर, निक्षेप संकलन भने अनपेक्षितरुपमा बढेको छ । लघुवित्त वित्तीय संस्थाहरुको कर्जा लगानी २५ प्रतिशतसम्म घटेको लक्ष्मी लघुवित्त संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्माले बताए । अहिले लघुवित्तको कारोबार १५ प्रतिशत भन्दा तल रहेको उनको भनाइ छ । अहिले लघुवित्तका ग्रामीण भेगमा अवस्थित केही शाखा कार्यालयहरु मात्रै सञ्चालनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *