रुपन्देहीमा एकैदिन २५ जनामा कोरोना संक्रमण पुष्टि

समाचार

तिलोत्तमा — रुपन्देहीमा २५ नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारीअनुसार बुधबार सबैभन्दा बढी सिद्धार्थनगर नगरपालिकामा १६ जनामा संक्रमण पुष्टि भएको हो ।

बुधबार थपिएका अन्य संक्रमितमा बुटवल उपमहानगरमा ६, देवदह नगरपालिका, तिलोत्तमा नगरपालिका र सियारी गाउँपालिकामा १/१ जना संक्रमित थपिएका छन् । रुपन्देहीको पछिल्लो तथ्यांकअनुसार ७ सय ६० जनामा संक्रमण पुष्टि भएको छ भने ३ सय ४६ जना कोरोन मुक्त भएर घर फर्किएका छन् । ४ सय ८ उपचाररत छन् । जिल्लामा बुधबारसम्म ६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *