काठमाण्डाैका मेयरलाई मैले काँधमा बो’केर जिताएको हो, विद्यासुन्दरलाई सयमा शून्य दिन्छु : केशव स्थापित

समाचार

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका पूर्वमेयर केशव स्थापितले वर्तमान मेयर विद्यासुन्दर शाक्य पूर्णतः असफल भएकाे बताउनुभएकाे छ । मङ्गलबार सामाजिक सञ्जालमा विद्यासुन्दर शाक्यलाई काँधमा बाेकेकाे फाेटाे राख्दै स्थापितले मेयर असफल भएकाे बताउनुभएकाे हाे ।केशव स्थापितले विद्यासुन्दरलाई आफूले काँधमा बाेकेर जिताएकाे पनि बताउनुभएकाे छ । साथै उहाँले आफूले ल्याएकाे एक सय एक याेजनामा मेयर असफल भएकाे दाबी गर्नुभएकाे हाे ।

उहाँले फेसबुकमा लेख्नुभएकाे छ–‘विद्यासुन्दर शाक्यलाई मैले काँधमा बोकेर जिताएको हो। १०१ योजना मैले ल्याएको हो। मैले दिएको १०१ काम गर्यो भने मेयर भयो। हुदैँ भएन । मेयर असफल भयो भनेर निर्मम भएर भन्ने हो। तपाईको मुल्यांकनमा १०० मा कति अंक दिनुहुन्छ मेयरलाई ?म १०० अंकमा ०० दिन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *