उपत्यकामा एकैदिन हालसम्मकै उच्च संख्यामा संक्रमित, कुन–कुन ठाउँ बढि प्रभावित ?

कोरोना अप्डेट

काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा दुईजनाको ज्यान गयो भने ३०१ जना नयाँ संक्रमित फेला परेका छन् । उपत्यकामा पछिल्लो २४ घण्टाको अवधिमा थपिने संक्रमितको बुधबारको संख्या हालसम्मकै उच्च हो ।

काठमाडौं उपत्यकामा संक्रमितको संख्या ३ हजार ७ सय १८ पुगेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौंमा ३ हजार १ सय ८५,ललितपुरमा ५ सय १० र भक्तपुरमा ३ सय २४ संक्रमित रहेका छन् ।

काठमाडौं र ललितपुर महानगर कोरोनाबाट नराम्रोसँग प्रभावित भएका छन् । काठमाडौं महानगरमा मात्रै १ हजार ८ सय ४० जनामा कोरोना संक्रमण भएको छ ।

महानगरका कोटेश्वरमा १ सय ३२ जना र महाराजगञ्ज क्षेत्रमा १ सय ३१ जनामा कोरोना संक्रमण देखिएको छ । कुलेश्वर, बानेश्वरलगायत महानगरका अन्य ठाउँहरु पनि धेरै प्रभावित भएका छन् । ललितपुर महानगरभित्रै झण्डै ३ सय जनामा कोरोना संक्रमण भएको छ ।

उपत्यकाका संक्रमितमध्ये ४० जना अहिले सम्पर्कमा छैनन् । काठमाडौं महानगरभित्र २७ जना सम्पर्कविहीन भएका छन् । कोरोना पोजेटिभ रिपोर्ट आए पनि ती व्यक्ति सम्पर्कमा छैनन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गलत विवरणका कारण व्यक्ति फेला पार्न नसकिएको जनाएको छ । सम्पर्कविहीन हुनेहरुमध्ये धेरै कबाडीको काम गर्ने श्रमिक रहेका छन् । मन्त्रालयले काठमाडौं उपत्यकामा अहिले ४० जना संक्रमित फेला पर्न सकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *