कोरोना संक्रमणको हिसावले नेपाल ६४ औँ स्थानमा

कोरोना अप्डेट

काठमाडौं । कोरोना संक्रमणको हिसावले नेपाल विश्वको ६४ औँ स्थानमा रहेको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप ८ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ३४ हजार ४ सय १८ पुगेको छ । हालसम्म नेपालमा कोरोनाको कारण १ सय ७५ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा मात्र कोरोनाको कारण थप ११ जनाको मृत्यु भएको हो । त्यस्तै नेपालमा हालसम्म कुल संक्रमितमध्ये ५६ दशमलव ६ प्रतिशत अर्थात १९ हजार ५ सय ४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ३ सय ८५ जना कोरोना मुुक्त भइ घर फर्किए ।

यो समाचार तयार पार्दासम्म विश्वभर कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ८ लाख २६ हजार १ सय ३६ जनाको ज्यान गइसकेको छ । भने हालसम्म २ करोड ४१ लाख ८९ हजार ९ सय ७४ जनामा कोरोना संक्रमण फैलिएको र ती मध्ये ६४ हजार ८ सय ३८ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै संक्रमितमध्ये हालसम्म १ करोड ६७ लाख १ हजार ८ सय ३१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *