संक्रमितलाई १४ दिनभित्रै घर पठाउनू, नभए सरकारले खर्च व्यहोर्दैन

स्वास्थ

काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षण नभएका वा सामान्य लक्षण भएका कोरोना संक्रमितहरुको १० औं दिनमा पीसीआर टेष्ट गर्न निर्देशन दिएको छ । यसरी टेष्ट गर्दा नेगेटिभ आए होम आइसोलेनसमा बस्ने गरी घर पठाउनुपर्नेछ । पोजेटिभ आएकाहरुलाई थप चार दिन अस्पतालमा राख्नुपर्नेछ र,१४ औं दिनको दिन पीसीआर टेष्ट नगरी डिस्चार्ज गर्नुपर्नेछ ।

१४ औं दिनसम्मपनि पोजेटिभ नै भएपनि उनी बाध्य भएर घर जानुपर्नेछ । किनकी त्यसरी १४ दिनभन्दा बढी राखिए सरकारले खर्च ब्यहोर्ने छैन । रकम नहुनेलाई अस्पतालले बाहिर निकालिदिनेछ । रकम छ र अझै बस्छु भन्ने संक्रमित भए ब्यक्तिगत खर्च गर्नुपर्नेछ । यदि १४ दिनपछि पनि अस्पतालमा राखेमा सरकारले सोधभर्ना नगर्ने मन्त्रालयले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *