बुटवलको कोरोना अस्पतालमा कपिलवस्तुका पुरुषको मृत्यु

कोरोना अप्डेट

११ भदौ,बुटवल । बुटवलको धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत थप एकजना संक्रमितको मृत्यु भएको छ ।

कपिलवस्तु नगरपालिका–१ का ५० वर्षीय पुरुषको उपचारका क्रममा बुधबार राति मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए ।

भदौ ५ गते कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका उनमा उच्च रक्तचाप,मधुमेह र रक्तअल्पता जस्ता समस्या रहेको डा.थापाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *