गृहको गोप्य सर्कुलर– पुजारी ह`त्या को विरोधमा हुने प्रदर्शन रोक्नू

समाचार

११ भदौ, काठमाडौं । रौतहटको माधवनारायण नगरपालिका–२,खेसरहियास्थित हनुमान मन्दिरका पुजारी ह`त्या प्रकरणमा गृह मन्त्रालयले प्र`हरी र प्रशासनलाई पठाएको गोप्य सर्कुलर बाहिरिएको छ ।मन्त्रालयको शान्ति सुरक्षा तथा अ`पराध नियन्त्रण शाखाले नेपाल प्र`हरीका प्रमुख महानिरीक्षक शैलेश थापा क्षेत्री र सबै जिल्ला प्रशासन कार्यालयलाई पठाएको गोप्य पत्रमा पुजारीको ह`त्या`को विरोधमा हुने प्रदर्शन रोक्न निर्देशन दिइएको छ ।

चार दिन अघि सम्प्रेषित पत्रमा पुजारी श्रीराम साहको ह`त्यामा संलग्नमाथि कारबाहीको माग गर्दै वि`रोध प्रदर्शन र ज्ञापन पत्र बुझाउने जस्ता कार्य भएको बताउँदै विभिन्न जिल्लाहरुमा हुनसक्ने ‘अवाञ्छित गतिविधि’रोक्न भनिएको छ ।शाखा अधिकृत प्रतिक राईले हस्ताक्षर गरेको पत्रमा भनिएको छ,‘घ`ट`नाको विषयलाई लिएर त्यहाँका जिल्लाहरुमा हुनसक्ने अवाञ्छित गवितिविधिहरु हुन÷गर्न नदिन सम्बन्धित निकायसँग समन्वय गरी कानून विपरीतका कार्य भए÷गरेको पाइएमा संलग्नताहरुलाई कानूनी दायरामा ल्याउने व्यवस्था हुन आदेशानुसार अनुरोध छ ।’

गृह मन्त्रायलका सूचना अधिकारी प्रेमलाल लामिछाने भने शान्ति सुरक्षामा खलल पुग्ने विषयमा संवेदनशील भएर हेर्नू भनेर परिपत्र जारी हुनु सामान्य विषय भएको बताउँछन् ।गत ३ भदौमा राति खाना खान बसेका बेला पुजारी साहको अज्ञात व्यक्तिले गो`ली हानी हत्या गरेका थिए । प्रकरणको एक साता वितिसक्दा पनि प्र`हरीले अनुसन्धानमा कुनैै महत्वपूर्ण सफलता हात पार्न नसकेको भन्दै अहिले नागरिकले वि`रोध जनाइरहेका छन् ।
अनुसन्धानमा प्रह`री गम्भिर नभएको आ`रोप लागिरहेका बेला गृहको सर्कुलर सार्वजनिक भएपछि नागरिक आक्रोश बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *