काभ्रेमा पनि दुई जनामा कोरोना पोजिटिभ, दुवैजना बहिरि मुलुक बाट आएका ।

समाचार

काभ्रे, २ बैशाख । काभ्रेमा दुई जना युवकमा र्‍यापिड डाइग्नोस्टिक टेस्ट गर्दा पोजिटिभ नतिजा आएको छ । दुवै जना देश बाहिरबाट आएको खुलेको छ ।

काभ्रेको बेथानचोक गाउँपालिकाका २८ वर्षीय र मण्डनदेउपुर नगरपालिकाका २३ वर्षीय व्यक्तिको र्‍यापिड टेस्ट रिपोर्ट पोजेटिभ आएको हो । बेथानचोकका व्यक्ति भारतबाट गत ९ चैतमा घर फर्किएका थिए भने मण्डनपुरका व्यक्ति ७ चैतमा दुबईबाट आएका थिए ।

अहिले दुवैजनालाई धुलिखेल अस्पताल ल्याइएको छ । दुवै युवाको पीसीआर धुलिखेल अस्पतालमै गरिने बताईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *