जनसेवाका २० प्रहरी अधिकारीमा कोरोना संक्रमण पुष्टि

समाचार

११ भदौ, काठमाडौं । महानगरीय प्रहरी वृत्त र ट्राफिक प्रहरी प्रभाग, जनसेवामा कार्यरत २० जना प्रहरी अधिकारीलाई कारोना भाइरस संक्रमण देखिएको छ । प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

काठमाडौं प्रहरीका एक अधिकृतका अनुसार संक्रमित हुनेमा ११ जना ट्राफिक प्रहरी र ९ जना जनसेवा प्रहरी वृत्तमा कार्यरत अधिकारी छन् । उनीहरुमध्ये केहीलाई प्रहरी अस्पताल र केहीलाई दहचोकको आइसोलेसनमा राखिएको छ । संक्रमित हुनेमा तालिम सकेर भर्खरै सेवा सुरु गरेका प्रहरी सहायक निरीक्षक पनि छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *