नक्कली पास बनाएर यत्रु ओसार्ने एम्बुलेन्स पक्राउ ।

समाचार

 सल्यान – नक्कली पास र बिरामी बनाएर यात्रु ओसार्ने एम्बुलेन्स चालकसहित चारजना सल्यानमा पक्राउ परेका छन् । 

 सल्यान – नक्कली पास र बिरामी बनाएर यात्रु ओसार्ने एम्बुलेन्स चालकसहित चारजना सल्यानमा पक्राउ परेका छन् । 

नक्कली पास र नक्कली बिरामी बनाएर यात्रु ओसारेको आरोपमा उनीहरुलाई  पक्राउ गरिएको सल्यानका प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिनु भयो ।

सल्यानको बागचौर नगरपालिका ५ बाङ्गेलाकुरीको इलाका प्रहरी कार्यालय सिमखोली सल्यानले गएको चैत ३० गते जाँचको क्रममा उनीहरुलाई पक्राउ गरेको हो । 

रा १ च ५१२ नम्बरको एम्बुलेन्स मानव परोपकार तथा समाज कल्याण केनद्र दाङले सञ्चालन गर्दै आएको छ । नक्कली पास र नक्कली बिरामी ल्याएर पश्चिम रुकुमदेखि दाङको तुलसीपुरतर्फ आउँदै गर्दा पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *