कोरोना नियन्त्रणका लागि बेलायतले ७ अर्ब सहयोग गर्ने

समाचार

काठमाडौं- कोरोना रोकथाम तथा नियन्त्रणका लागि बेलायतले नेपाललाई ४५.८ मिलियन पाउण्ड (करिब रु.७ अर्ब १४ करोड) बराबरको आर्थिक सहयोग गर्ने भएको छ।

बेलायतका विदेश तथा कमवेल्थ अफिसका राज्यमन्त्री लर्ड अहमद्ले अर्थमन्त्री डा.युवराज खतिवडासँगको भिडियो कन्फ्रेन्स छलफलमा यो सहयोग प्याकेजको घोषणा गरेको अर्थ मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।कोभिड–१९ ले सिर्जना गरेको कठिन अवस्थालाई सम्बोधन गर्न बेलायत सरकारले यो सहयोग प्याकेज उपलब्ध गराउन लागेको हो।

उक्त छलफलमा अर्थमन्त्री  डा.खतिवडाले बेलायत सरकारले कोभिड–१९ पछिको कठिन समयमा स्वास्थ्य क्षेत्र, सामाजिक सुरक्षा तथा पूर्वाधार क्षेत्रमा ठूलो सहयोग गर्ने गरी प्रस्ताव गरेकोमा धन्यवाद दिए।अर्थमन्त्रीले छलफलमा नेपालका विकास प्राथमिकता,आर्थिक स्थिति र लगानीमैत्री वातावरणका लागि भएका प्रयासका बारेमा जानकारी गराएका थिए।

यो अर्को समचार
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ११ संक्रमित थपिएका छन् । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ३३४ महिला र ७७७ पुरुष गरी देशभर थप १ हजार १११ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । यसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३५ हजार ५३९ पुगेको उनले बताए ।

पछिल्लो २४ घण्टामा कोरोना निको भएर ५६९ जना घर फर्किएका छन् भने यससँगै निको हुनेको कुल संख्या २० हजार ७३ पुगेको छ । यस्तै हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २७३ रहेको छ । जसमा होम आइसोलेशनमा ६ हजार २१० जना र संस्थागत आइसोलेसनमा ९ हजार ६३ रहेका छन् ।
पछिल्लो २४ घण्टामा पीसीआर परीक्षण १२ हजार ६२९ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *