दाङमा विप्लव समूहका तीन नेता धरौटीमा रिहा भएलगत्तै फेरि अदालत बाटनै पक्राउ ।

समाचार

दाङ – जिल्ला अदालतले धरौटीमा रिहा गरेको विप्लव नेतृत्वको नेकपाका तीन जना नेताहरुलाई जिल्ला प्रहरी कार्यालय दाङले पुनः पक्राउ गरेको छ ।

नेकपाका केन्द्रीय सदस्य द्धय केशबहादुर बाँठा, सन्तोष सुवेदी र पार्टीका रोल्पा विशेष जिल्ला सेक्रेटरी पुस्तमान घर्ती मगरलाई आज जिल्ला अदालत दाङको गेटबाटै पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनालाई बाँके लगिएको छ । गएको असोज ३० गते राजपुरको मुङग्रैटाबाट पक्राउ परेका उनीहरुलाई राज्यविरुद्ध संगठित अपराध गरेको आरोपमा मुद्दा दायर गरेको थियो । तर जिल्ला अदालतले थुनछेक आदेश गर्दै गएको पुस ७ गते उनीहरुलाई १५/१५ हजार धरौटीमा हिरासत मुक्त गर्न आदेश दिएको थियो ।

पुनः पक्राउ पर्ने अवस्था आएको भन्दै धरौटी नतिरेपछि  तुलसीपुर कारागार लगिएका उनीहरुलाई केही दिनमै रोल्पा लगेर विभिन्न मुद्दा दर्ता गरिएको थियो । रोल्पा जिल्ला अदालतले ३०/३० हजार धरौटीमा हिरासतमुक्त गर्न आदेश दिएपछि पुनः गिरफ्तार गरि दाङ ल्याइएको थियो । 
दाङ जिल्ला अदालतमा रहेको १५/१५ हजार धरौटी बुझाएर निस्किदै गर्दा प्रहरीले पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *