टिभीको जादूकर दृष्य सिको गर्दै बालकले सात इन्च लामो पेन्सिल निल्न पुगे,, दुनियाँ हैरान हुने हालत ,आफ्ना बच्चाका ख्याल राख्नुस्।

संदेस

काठमाडौं । टिभीमा आइरहेको कार्यक्रमको नक्कल गर्न खोज्दा बबाल भएको छ । चीनको हेनानमा टिभी कार्यक्रममा तरवार निल्ने कलाकारहरूको चर्तिकला चलिरहेको थियो । यो दृश्य हेरिरहेका एक सात वर्षीय बालकले नक्कल गर्न खोजे तब गम्भीर संकट उत्पन्न भयो । ति बालकले सात इन्च लामो पेन्सिल निल्न पुगेका हुन् ।

चिनियाँ सञ्चारमाध्यमहरुमा आएको खबर अनुसार, बालक बिहान आफ्नो गृहकार्य गर्दै थिए, तब उनले टिभीमा अचानक कलाकारहरूलाई सम्झना गर्‍यो । ति कलाकार जस्ले तरवार निल्ने स्टन्ट गरेका थिए । टिभीको उक्त दृश्यलाई ति बालकले आफूले पनि उक्त स्टन्ट गर्न खोजे, स्टन्टको लागि उनले आफ्नो पेन्सिल प्रयोग गर्ने योजना बनाए ।

तब उनले सिंगो पेन्सिल निल्न पुगेका हुन् । यो सबै भएपछि बच्चाले आफ्नी आमालाई घटनाको बारेमा सबै जानकारी गराउँछन् । डराएका आमाबाबुले तत्काल उनीहरूको छोरालाई अस्पताल पुर्‍याए, जहाँ शल्यचिकित्सकहरूले एउटा आपतकालिन शल्यक्रिया गर्दा उसको पेटबाट उक्त पेन्सिल हटाइदिए । बच्चा शल्यक्रिया पछि निको भएको बताइएको छ ।

पत्रकारसँग कुरा गर्दै अस्पतालका प्रमुख मेडिकल अफिसरले भने, ‘उनी भाग्यमानी थिए किनकि पेन्सिलको धारिलो भाग माथिल्लो तर्फ बढिरहेको थियो । यदि ऊ तलतिर थियो भने, यसले सम्भवतः उसको पेट र पाचन प्रणाली बर्बाद गर्न सक्थ्यो ।’

उनले आफुले मेडिकल क्षेत्रमा लागेपछि यो एक डरलाग्दो घटनाको सफल रुपमा सामना गरेको जनाएका छन् । उनले आमा बुबालाई आफ्ना बच्चाहरूलाई खेलौना वा उपकरण निल्ने जोखिमको बारेमा शिक्षित गर्न आग्रह गरेका छन् । उनले बच्चाहरुलाई टिभी कार्यक्रम देखाउँदा पनि आमाबाबुले सोच्नुपर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *