खतरनाक सी डी यो : कर्फ्यू उल्लङ्घन गर्ने र मास्क नलगाउँनेलाई बनाए कुखुराको भाले। सही की गलत परतिक्रिय दिनुहोला ।

समाचार

काठमाडौं । विश्वभर महामारीको रुपमा रहेको कोरोना सङ्क्रमण नेपालमा पनि थप बढ्दैछ । यो बीचमा कोभिड–१९ रोकथाम तथा कन्ट्याक्ट टेसिङलाई सहज बनाउन बागलुङ नगरपालिकामा जारी निषेधाज्ञा उल्लङ्घन गर्नेलाई जिल्ला प्रशासन कार्यालय, बागलुङले ठाउँको ठाउँ कारबाही गर्न थालेको छ ।

निषेधाज्ञाको नियम पालना नगरी मास्कको प्रयोग नगरी बिना काममा लखरलखर हिँड्नेलाई जिल्ला प्रमुख जिल्ला अधिकारीसहितको अनुगमन टोलीले सडकमै कारबाही स्वरुपमा कुखुरा बन्न लगाउने तथा उठबस गरी सम्झाईबुझाई छोड्न थालेको हो । प्रशासनले बिहीबार मात्र दुईवटा चार पाङग्रे सवारी, छवटा पसल तथा २१ जनालाई कारबाही गरेको सूचना अधिकारी धिरेन्द्रराज पन्तले जानकारी दिनुभयो ।

प्रशासनले तोकेको समय सीमाभन्दा बढी समय पसल खोलेर भिडभाड गर्नेलाई पनि कारबाहीको दायरामा ल्याउने बताएको छ । प्रहरीले यसअघि ४० वटा सवारी नियन्त्रणमा लिएर प्रहरी परिसरमै राखेको छ । निषेधाज्ञाको अन्त्य भएपछि जरिवाना गरेर मात्रा सवारी फिर्ता दिइनेछ । सबैको सहयोग र सचेतनाले मात्र महामारी जित्न सकिने सूचना अधिकारी पन्तले जानकारी दिनुभयो । उहाँले कडा भएन भनेर प्रशासनलाई गाली गर्नेहरूले नै निषेधाज्ञाको उल्लङ्घन गरिरहेको पनि आरोप लगाउनुभयो । प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले दैनिक रुपमा बजारमा गस्ती थाल्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *