नारायणी अस्पतालकी नर्समा दोस्रो पटक देखियो ल’क्षणसहित कोरोना, श्रीमान् र छोरालाई पनि कोरोना पोजिटिभ

कोरोना अप्डेट

काठमाडौं– वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत एक नर्सलाई दोस्रो पटक कोरोना भाइरसको संक्रमण देखिएको छ। नारायणी अस्पतालको मेडिसिन विभागमा कार्यरत ३६ वर्षीया नर्समा दोस्रो पटक कोरोना पोजिटिभ देखिएको गण्डक कोभिड अस्पतालका संयोजक डा उदय नारायण सिंहले बताए। बुधबार गरिएको परीक्षणमा उनलाई करिब एक महिनापछि पुनः कोरोना संक्रमण देखिएको हो। डा सिंहका अनुसार पहिलो पटक कोरोना संक्रमण हुँदा उनलाई कुनै लक्षण देखिएको थिएन। तर यसपटक भने ज्वरो आउने, खो’की ला’ग्ने जस्ता लक्षण देखिएको छ।

उनीसँगै उनका श्रीमान् र १४ वर्षीय छोरामा पनि कोरोना पोजिटिभ देखिएको छ। तीनै जनामा लक्षण देखिएको डा सिंहले बताए। सिंहका अनुसार अहिले उनीहरू होम आइसोलेसनमा बसेका छन्। उनलाई २८ दिन अगाडि पनि कोरोना पुष्टि भएको थियो। १४ दिन आइसोलेसनमा बसेपछि उनको रिपोर्ट नेगेटिभ आएको थियो। पहिला नेगेटिभ आएपछि उनले अस्पतालमा ड्यु’टी सुरु गरेको थिइन्। वीरगञ्जमा यो भन्दा पहिले पनि एक जना नर्सलाई नि’को भएपछि पुनः कोरोना संक्रमण देखिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *