युटुबरलाई प्रधानमन्त्रिको फोन !, फोन गरेर के भने त प्रधानमन्त्रिले ? हेर्नुस् भिडियो

समाचार

छिल्लो समय युटुबे भनेर युटुब पत्रकारहरुलाई मुलधारका विभिन्न मिडियाहरुले टिकाटिप्पणी गरिरहेका छन् । युटुबेले यस्तो गरे, युटुबेले त्यस्तो गरे, यस्ता शीर्षकमा हेडलाईन् लेखेर कमाई गर्ने काम मात्र गरिरहेका छन् भन्ने खालका खबरहरु सार्वजनिक भएसँगै एक युटुब पत्रकारलाई प्रधानमन्त्री केपि शर्मा ओली आफैँले सम्पर्क गरेका छन् । नेपाल अपडेट युटुब च्यानलका संचालक मोहन बस्नेतलाई नेपालका सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलीले कृषि पत्रकारिताको तारिफ गर्दै धन्यवाद व्यक्त गरेका छन् ।

देशमा बेरोजगारीको समस्यालाई कृषिले नै न्यूनीकरण गर्छ भन्दै प्रधानमन्त्रीले अझै अघि बढ्न युवालाई प्रोत्साहन गर्ने सफलताको कथा झल्काउन अनुरोध गरेका छन् । करिब ६ लाख ८८ हजार सब्सक्राइबर रहेको नेपाल अपडेट युटुब च्यानलमा बस्नेतले सम्प्रेसन गरेको एक भिडियोलाई देखेपछि प्रधानमन्त्री स्वयमले एक युटुब पत्रकार अथवा मूलधारका भनिएका मिडियाले भने अनुसार ‘युटुबे’ लाई प्रधानमन्त्रीको फोन आउनु सम्पूर्ण युटुब पत्रकारका लागि गर्बको बिषय हो ।

हुन त युटुबमा हामीलाई चाहिने संदेश मुलक अनगिन्ती भिडियो दैनिक आइरहेका हुन्छन् तर के हेर्ने के नहेर्ने आआफ्नो बिषयको कुरा हो । युटुबमा सम्प्रेसन हुने भिडियो विभिन्न बिषयसँग सम्बन्धित हुन्छन् र युटुब पत्रकारहरुले पनि अनेक बिषयलाई केलाएर जनताका दुख पिडा, अन्याय भएका घटनाहरुलाई कसैको पर्वाह नगरी सम्प्रेसन गर्दै आएका छन् । मुलधारका मिडियाले सम्प्रेसन नगरेको समाचार युटुबरले देशका गल्लि गल्लि, कुना काप्चा पुगेर हजारौं किलोमीटरको यात्रा तय गरेर आम सर्वसाधारणमाझ प्रस्तुत गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *