पोखरामा चोरी।चोरी गरेर चोरले पैसा बाटो मा फाल्दै भागे। भिडियो हेर्नुहोस।

समाचार

लकडाउनको बेला पोखराको पृथ्वीचोक नजिकै रहेको पाथीभरा जुस सेन्टरमा चोरी भएको छ । चोरले नगद २० हजार र खानेकुरा लगेको संचालक रबिन्द्र जैसवालले बताए ।

स्थानीय केही युवाहरुले आईतबार राती करिब १२ बजे पसल छोपेको पाल काटेर चोरी गरेको र सामान र पैसा बाटोभरी छरेको जैसवाल बताउँछन् । वडा प्रहरी कार्यालय बैदामले चोरीमा संलग्नहरुलाई नियन्त्रणमा लिएर उनीहरुको साथबाट ५५ सय प्राप्त भएको र बाँकी १० हजार बाटोमा फालिएको अवस्थामा स्थानीयले फेला पारेर प्रहरीलाई ब्ुझाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *