आज थप ९२७ जनामा कोरोना संक्रमण पुष्टि

समाचार

काठमाडौँ, १२ भदौ । कोरोना भाइरस कोभिड-१९ बाट आज थप ९२७ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित मध्य महिला ३३४ र ५९३ जना पुरुष रहेका छन् । नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले यसको पुष्टि गरेका हुन् ।
यो संगै नेपालमा कोरोनाबाट कुल संक्रमितको संख्या ३६ हजार ४५६जना पुगेको छ । त्यस्तै काठमाडौं उपत्यकामा पछिलो २४ घण्टामा थप ४४५ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस मध्य काठमडौंमा ३५०, ललितपुरमा ११ र भक्तपुरमा ५४ जना रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *