कोरोना भाइरसको कारण नेपालीलाई जोखिम बन्दै गयेको बेलायतमा ज्यान गुमाउनेको संख्या १२ हजार नाघ्यो ।

समाचार

लन्डन- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट  बेलायतमा मृत्यु हुनेको संख्या १२ हजारभन्दा नाघेको छ ।मंगलबार बेलुका समाचार तयार पार्दा सम्म ७७८ जनाको मृत्यु भएको छ।

त्यसैगरी कोरोना संक्रमितको संख्या ९३ हजार ८७३ पुगेको छ ।

बेलायतका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या अहिले सार्वजनिक भएको भन्दा बढी रहेको बताइएको छ । १२ हजार १०७ जना कोरोना संक्रमितको अस्पतालमा मृत्यु भएको र नर्सिङ होम तथा अन्य ठाउँमा मृत्यु भएकाहरुको तथ्यांक यसमा समावेश नगरिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *