नेपालमा कोरोना संक्रमणबाट ५० हजारको मृत्यु हुनसक्ने : अक्स्फोर्ड विश्वविद्यालय।

जानकारि

काठमाडौं । कोरोना भाइरस महामारी (कोेभिड–१९) बाट नेपालमा यो वर्षको अन्त्यसम्ममा करिब ५० हजारको ज्यान जान सक्ने एक अध्ययनले देखाएको छ ।

अक्स्फोर्ड विश्वविद्यालय,नीति व्यवस्थापन लगायतले गरेको संयुक्त अध्ययनले सन् २०२० को अन्त्यसम्ममा नेपालमा मृतक संख्या ४९ हजार पुग्ने अनुमान गरेको हो ।‘मोडलिङ अफ कोभिड–१९ स्ट्राटेजिज इन नेपाल’ नामक उक्त अध्ययन प्रतिवेदनले संक्रमित संख्याको २५ प्रतिशतको ज्यान जाने बताएको हो ।

यो संख्या नेपालले अवलम्बन गर्ने रणनीतिमा भर पर्ने पनि प्रतिवेदनमा भनिएको छ । यदि नेपालले मध्यम किसिमको रणनीति अवलम्बन गरेमा मृतक संख्या ४४ हजारमा सीमित गर्न सकिने प्रतिवेदनमा भनिएको छ ।त्यस्तै उच्च अवरोधक रणनीति अपनाएमा करिब ३३ हजारमा मृतक संख्या झार्न सकिने प्रतिवेदनले देखाएको छ ।

यो संख्या सम्पूर्ण संक्रमित संख्याको १९ प्रतिशत हुन आउने प्रतिवेदनमा उल्लेख छ । नेपालमा हालसम्म कोरोनाबाट १९५ को ज्यान गइसकेको छ । त्यस्तै ३६ हजार ४५६ मा संक्रमण पुष्टि हुँदा २० हजार २४२ निको भइसकेका छन् ।

अध्ययन प्रतिवेदन हेर्नु होला।

यो पनि।

Leave a Reply

Your email address will not be published. Required fields are marked *