श्रीमतीलाई मन्त्री बनाउन ओलीलाई फकाउँदै बामदेव !

राजनिति

पाल कम्युनिस्ट पार्टी(नेकपा) मा लामो समयदेखि चुलिएको विवाद टुङगिने देखिएको छ । नेकपाको विवाद अन्त्य गर्न बनेको समितिले तयार पारिएको प्रतिवेदन अनुसार शनिवार बस्ने सचिवालय बैठकले मन्त्रीमण्डल पुनगठन गरेर समस्याको समाधान गर्नेमा विश्वास लिइएको छ ।

ओलीले बामदेव गौतमलाई सरकारमा सहभागी गराएर संकट टार्ने वालुवाटार स्रोतले जानकारी दिएको छ । गौतमले राम्रो पद पाए आफु लिने नत्र भने आफ्नै श्रीमती तुलसा थापालाई मन्त्री बनाउन ओलीलाई दवाव दिएको बुझिएको छ । यसअगाडी पनि सरकार धरमरको अवस्थामा पुगेको समयमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपाध्यक्ष बामदेव गौतमलाई कोरोना महामारीपछि प्रधानमन्त्री बनाउने बताएका थिए ।

नेपालको राजनैतिक वृतमा यसलाई ‘बामदेव कार्ड’ भनेर चर्चा परिचर्चा भएको थियो । प्रचण्ड गुटतिर पुगेका बामदेवले आफू प्रधानमन्त्री बन्ने आश्वासन पाएपछि लुरुक्क ओलीको गुटमा आएका थिए ।

तुलसा थापा संघीय सांसद् छिन,साथै नेपाल कबड्डी सङ्घको अध्यक्ष समेत रहेको कारणले युवा तथा खेलकुद मन्त्रालयमा जाने प्रबल सम्भावना भएको बुझिएको छ । भाग बन्डा मिलाउनकै लागि पनि नारायण काजी श्रेष्ठ उपप्रधान तथा महत्त्वपूर्ण मन्त्री पाउने सम्भावना बलियो छ।

नेकपाले एक नेताले नाम नखुलाइदिने सर्तमा भने,‘एक साताभित्रै हेर्नुहोला अहिले चर्चामा आएका अधिकांशको नामको अगाडी मन्त्री पद थपिनेछ जसलाई शनिबार सचिवालय बैठकले पूर्णता दिनेछ।।’

मन्त्रीमण्डलमा प्रधानमन्त्री ओली, अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालका अलावा उपाध्यक्ष बामदेव गौतम सम्मले कोटाहरु पाउनेछन् ।
यो खबर केटिम दैनिक मा प्रकशीत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *