पेन्सन कटौती गर्ने कानून आउँदै गरेको सूचना चुहिएपछि यति धेरै कर्मचारीले दिए राजीनामा

समाचार

काठमाडौं । पेन्सन कटौती हुने भएपछि एकै वर्षमा ७ सय कर्मचारीले राजीनामा दिएको खुल्न आएको छ । संसदमा विचाराधीन प्रशासन कानुन मस्यौदामा अनिवार्य अवकाशपछि पाउने निवृत्तिभरण (पेन्सन) रकम कटौती गर्ने प्रावधान राखिएपछि गत आर्थिक वर्षमा ७ सयभन्दा बढी निजामती कर्मचारीले राजीनामा दिएका हुन् ।

अनिवार्य अवकाश पाउनुअघि नै बढी पेन्सन सुविधा लिन ७ सय २० कर्मचारीले राजीनामा गरेको खुलेको छ । निजामती किताबखानाका अनुसार यो संख्या अघिल्लो आवको भन्दा दोब्बर हो । किताबखानाका उपमहानिर्देशक अद्वैतप्रकाश श्रेष्ठले अघिल्ला वर्ष अनिवार्य अवकाशभन्दा अघि राजीनामा गर्ने कर्मचारीको संख्या बढीमा साढे ३ सयसम्म हुने गरे पनि गत आवमा दोब्बरले बढेको जानकारी दिनुभयो ।

किताबखानाले आव २०७७–७८ मा १ मुख्यसचिव, १९ सचिवसहित २ हजार ४ सय ८० कर्मचारीले ५८ वर्ष उमेर हदका कारण अवकाश पाउन लागेको जानकारी गराएको छ । तर, अघिल्ला वर्षहरूमा करिब ३ हजार २ सयदेखि ३ हजार ३ सयसम्म कर्मचारीले अवकाश पाउने गरेका थिए । यो खबर आजको नागरिक दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *