रुसले तयार पारेको कोरोना भाइरसविरुद्ध खोपको नाम “स्पुतनिक” राख्नुको रहस्य यस्तो छ।

स्वास्थ

काठमाडौं । अहिले विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस (कोभिड–१९) ले सबैतिर संकट छाएको छ ।


यो बीचमा रुसले कोरोना भाइरसविरुद्ध तयार पारिएको भ्याक्सिनले धेरैलाई आशाको संकेत पनि गरेको छ । रुसले पहिलो ब्याच तयार गरेको जनाएको छ ।रुसको स्वास्थ्य मन्त्रालयबाट प्राप्त गरेको जानकारीका आधारमा रूसले आफ्नो भ्याक्सिनको पहिलो ब्याच बनाइसकेको जनाएको हो ।

केही वैज्ञानिकले भ्याक्सिन उत्पादनको अनुमति दिएर राष्ट्रिय गौरवको स्वास्थ्य र सुरक्षामा प्राथमिकता दिएकोप्रति चिन्ता व्यक्त गरेका छन् ।
रुसले भने हरेक महिना ५० लाख डोज भ्याक्सिन उत्पादन गर्नेसमेत दाबी गर्दै आएको छ ।

विश्वभरर भ्याक्सिन बनाउने होड चलिरहेका बेला रूसले सबैभन्दा अगाडि भ्याक्सिन बनाइसकेको घोषणा गरेर बाजी पारेको दाबी समते गरेको छ ।भ्याक्सिनलाई फेज थ्री ट्रायलभन्दा अगावै अनुमति दिइसकिएको छ । फेज थ्री ट्रायलमा हजारौं मानिसमा भ्याक्सिनको परीक्षण गरिन्छ ।

रूसले आफ्नो भ्याक्सिनको नाम स्पुतनिक ५ राखेको छ । स्पुतनिक अन्तरिक्षमा जाने विश्वको पहिलो उपग्रह थियो जुन उक्त उपग्रहलाई रूसले लन्च गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *