नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, अस्पताल भर्ना भएको तीन घण्टामै गयो ज्यान

कोरोना अप्डेट

वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज–१२ मुर्ली की ६५ वर्षीया महिला रहेकी छन् । शुक्रबार दिउँसो २ बजेतिर नारायणी अस्पतालमा भर्ना भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

ति महिलामा श्वासप्रश्वासमा समस्या देखिएको थियो भने न्युन रक्तचापको समस्याले ग्रसित उनलाई पखाला पनि लागेको थियो । उपचारको क्रममा साँझ उनको मृत्यु भएको बताइएको छ ।विरगन्जमा मृत्यु भएका ४६ मध्ये ३४ जना पर्साका, १० जना बाराका र रौतहटका २ जना छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *