मिडियासँग प्रधानमन्त्रीका सल्लाहकारको गुनासो : ‘फेक न्यूज’ भाइरल बनाइयो।

समाचार

काठमाडौं । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले पछिल्लो समय सञ्चारमाध्यममा ‘फेक न्यूज’ मार्फत चरित्र हत्या गर्ने क्रम बढेको दावी गर्दै आक्रोश पोखेका छन् ।


प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईको विषयमा सञ्चारमाध्यममा समाचार आएपछि त्यसमा विमति जनाउँदै उनले फेक न्यूज आएको र त्यसैलाई भाइरल बनाइएको बताएका हुन् ।भट्टराईमाथि आफ्ना पत्नीको नाममा संस्था खडा गरेर मित्रराष्ट्रविरुद्ध ‘जासुसी गरेको’ गम्भीर आरोप लागेको छ ।

‘रिसर्च अन नेपाल इन्डिया रिलेसन’ का लागि चिनियाँ दुतावासबाट सन् २०१७ अक्टोबर १५ अर्थात ०७४ असोज २९ गते १५ लाख रुपैयाँ लिएको आरोप उनीमाथि लागेको छ । तर भट्टराईले यसअघि नै खण्डन गरेको अवस्थामा रिमालले पनि गुनासो पोख्दै झण्डै अढाइ बर्षदेखि प्रधानमन्त्री र उनका टीममाथि दर्जनौं‘स्क्याण्डल’हरू श्रृजना गरिएको दावी गरेका छन् ।

उनले नामै नसुनिएका अनलाइनमार्फत फेक न्यूज आउने र त्यो मुलधारसम्म पुग्ने गरेको बताउँदै भनेका छन्,‘शिकारी’हरुले सार्वजनिक ओहोदामा रहेका दर्जनौं व्यक्तिहरुको चरित्रको शिकार गरिसकेका छन् । यो श्रृङ्खलाको पछिल्लो‘टार्गेट’प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईलाई बनाइएको छ ।’

लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता र आम सञ्चार माध्यमको दुरुपयोग भएको देख्दा आफूलाई मात्रै नभइ वास्तबिक पत्रकारितामा जीवन बिताएका सञ्चारकर्मीलाई पनि दुःख लागेको हुनुपर्ने उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *