आईपीएल खेल्न यूएई पुगेका १० भन्दा धेरै भारतीय खेलाडीहरुमा कोरोना संक्रमण

समाचार

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)खेल्नका लागि यूएई पुगेका खेलाडीहरुलाई कोरोना संक्रमण देखिएको छ । पूर्व कप्तान महेन्द्र सिंह धोनीको टोली चेन्नइ सुपर किंग्स्सका बलरसहित १० भन्दा धेरै सदस्यमा कोरोना संक्रमण भएको बताइएको छ ।

कोरोना पोजिटिभ देखिने अन्य भने टोलीका सहयागी सदस्यहरु छन् । चेन्नइको टोली २१ अगष्टमा यूएई पुगेको थियो ।कोरोना संक्रमण देखिएका तीब्र गतिका बलर भारतको एकदिवसीय राष्ट्रिय टोलीका सदस्य हुन् ।

भारतिय मिडियाका अनुसार यूएइ पुगेर क्यारेन्टाइनमा बसेका खेलाडी र प्रशिक्षक, व्यवस्थापक, सहयोगीहरुको पहिलो, तेस्रो र छैटौं दिनमा परीक्षण गर्ने क्रममा उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो । चेन्नईको पनि प्रशिक्षण सुरु गर्न लाग्दा खेलाडीहरुमा संक्रमण देखिएपछि एक साताका लागि क्वारेन्टिइनमा पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *