आज पनि ह्वात्तै घट्यो सुनको मूल्य !

समाचार

काठमाडौं । सुनको मूल्य आज ७ सय रुपैयाँले घटेको छ । आज नेपाली बजारमा सुनको मूल्य ७ सय रुपैयाँले घटेर र ९६ हजार नौ सय रुपैयाँमा कारोबार भएको नोपल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज तेजाबी सुन ९६ हजार चार सय रुपैयाँमा कारोबार भएको छ । यसअघि छापावाल सुन तोलामा ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदी तोलामा पाँच रुपैयाँले घटेर १३ सय ४० रुपैयाँ कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *