कतारमा फेरि थपिए १ सय ९७ जना कोरोना संक्रमित, ३९ जना निको भएर फर्के ।

समाचार

कतारमा आज नयाँ १ सय ९७ जना कोरोना भाइरस संक्रमित भेटिएका छन्। आज जारी गरिएको रिपोर्ट अनुसार ३९ जना निको भएका छन् । यो संगै कतारमा भाइरस संक्रमितको संख्या ३४२८ पुगेको छ ।

हालसम्म ३७३ जना निको भएर घर फर्किएका छन् भने ३ हजार ४८ जना उपचारत छन् । आज सम्म ५२ हजार ६ सय २२ जनालाई जाँच गरिएको स्वास्थ्य मन्त्रालयले बताएको छ । भाइरसबाट हालसम्म कतारमा ७ जनाले ग्यान गुमाएका छन् ।

थप नयाँ १ सय ९७ जना मध्य अधिकांश संक्रमित व्यक्तिको नजिक सम्पर्कमा गएका र होसियारी नअपनाएकाहरु पाईएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *