कोरोना संक्रमणबाट प्रदेश २ मा थप ७ जनाको मृत्यु !

समाचार

जनकपुर । कोरोना संक्रमणबाट प्रदेश २ मा थप ७ जनाको मृत्यु भएको छ । शनिबार पर्सामा ३ जना, महोत्तरीमा २ र सिरहामा २ जना गरि ७ को मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सामाजिक बिकास मन्त्रालय प्रदेश २ का वरिष्ठ चिकित्सक डा। कमलेश प्रसाद यादवका अनुसार यस भन्दा पहिले शुक्रबार ५ र बिहिबार ८ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

शनिबार पर्साको वीरगंज महानगरपालिका वडा नम्बर १२ मुरलीको ४८ वर्षीय पुरुष, मनियारी २२ पर्साका ३७ वर्षीय पुरुष र वीरगंज १२ को ६५ वर्षीय महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

त्यस्तै महोत्तरीको भंगहा नगगरपालिका वडा नम्बर १ का ३५ वर्षीय पुरुष र पिपरा गाउँपालिका वडा नम्बर ७ को ७० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको जनाइएको छ ।

त्यस्तै सिरहाको सुखीपुर नगरपालिका वडा नम्बर ८ का ५५ वर्षीय पुरुष र लहान नगरपालिका वडा नम्बर १८ का ४५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ
यस सँगै प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८४ पुगेको छ ।

कोरोनाबाट पर्सामा ३३, बारामा १३, धनुषामा १२, महोत्तरीमा ८, सिरहामा ७, सप्तरीमा ५, रौतहट र सर्लाहीमा ३् ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *