भारतीय ट्रकको ठक्करबाट अटोरिक्सा चालकको मृत्यु

समाचार

महोत्तरी – महोत्तरीको बर्दिबासमा आज भारतीय ट्रकको ठक्करबाट एक अटोरिक्सा चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा बर्दिबास नगरपालिका–१ बस्ने अटोरिक्सा चालक शम्भु श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताए ।

वडा नं १ स्थित सडकमा रोकिराखेको ना ३ स २३६१ नम्बरको अटोरिक्सालाई मालसामान बोकी आएको आजे २ जिबी ३३४७ नम्बरको भारतीय ट्रकले ठक्कर दिँदा अटोरिक्सामा बसिरहेका चालक श्रेष्ठको मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते चालक श्रेष्ठलाई उपचारका लागि स्थानीय जनसेवा अस्पतालमा लगिएको र उपचारका क्रममा मृत्यु भएको थियो ।ठक्कर दिने भारतीय ट्रक र चालक भारतकै अरबिन कुमार बलाइतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो अर्को समाचार
पर्शाा-विगत २४ घण्टाभित्र पर्सामा तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि उपचार गराउन विभिन्न अस्पताल पुगेका एक महिला र दुई पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

मृतक तीनै जना वीरगञ्ज महानगरपालिका निवासी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । मृत्यु हुनेमा वडा नं १२ मुर्ली निवासी ४८ वर्षीय पुरुष र ६५ वर्षीया महिला रहेका छन् भने वडा नं २२ मनियारी निवासी ३७ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले बताएको छ ।

मुर्ली निवासी पुरुषको शुक्रबार राति ११ः५५ मा नारायणी अस्पतालको अस्थायी कोभिड उपचार केन्द्र वीरगञ्ज हेल्थ केयरमा र महिलाको सोही दिन साँझ ६ः०० बजे नारायणी अस्पतालको आकस्मिककक्षमा उपचारका क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी आशमान तामाङले जानकारी दिनुभयो । उहाँले मनियारी निवासी युवालाई उपचारका लागि एम्बुलेन्सबाट काठमाडौँ लैजाने क्रममा बाटोमै मृत्यु भएको बताउनुभयो ।

मृत्यु भएका तीनै जनाको यही भदौ १२ गते गरिएको पिसीआर परीक्षण पोजेटिभ आएको जिल्ला प्रशासन कर्यालयले जनाएको छ । मृतकमा उच्च ज्वरो, खोकी, छाती दुख्ने, श्वासप्रश्वासमा समस्या देखिएको थियो । मृतकमध्ये मुर्ली निवासी ४८ वर्यीय पुरुष एचआइभी पोजेटिभ रहेको प्रशासनले जनाएको छ । यससँगै पर्सामा कोरोना सङ्क्रमणकै कारण मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *