सनिबार एकैदिन २० जना कोरोना संक्रमितले ज्यान गुमाए

कोरोना अप्डेट

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट एकैदिन २० जनाको मृत्यु भएको पुष्टि भएको छ ।पर्सा र महोत्तरीका ३/३ जना, काठमाडौं, भक्तपुर र ललितपुरका २/२ जना, सिराहा, पाल्पा, कास्की, गोरखा, बारा, मोरङ, रौतहट र नवलपुरका एकएक जनाको पनि मृत्यु भएको छ ।

यो मृत्युदर अहिलेसम्मकै उच्च हो ।कोरोनाबाट शुक्रबार मात्रै १२ जनाको मृत्यु भएको थियो । जुन यसअगाडी उच्च रेकर्ड हो ।

स्वास्थ्य तथा जनसख्या मन्त्रालयले भने अपरान्हको नियमित प्रेस ब्रिफिङका क्रममा १२ जनाको मृत्यु भएको पुष्टि गरेको छ तर प्रेस ब्रिफीङ्गमा कर्मचारी तथ्यांक तयार पारेपछि ८ जनाको निधन भएको पुष्टि भएको हो जुन भोलीको नियमित प्रेस ब्रिफिङ्गमा जानकारी दिइने छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले दैनिक प्रस्तुत गर्ने कोभिड राष्ट्रिय अपडेटको तथ्यांक कर्मचारीहरुले तयार गर्ने गर्दछन् । विभिन्न प्रदेश र अस्पतालहरुले दिउँसो २ बजेसम्म पठाएका तथ्यांकहरुलाई प्रशोधन गरेर बेलुका सवा ४ बजे नियमित रुपमा प्रस्तुत गरिँदै आइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *