कोरोनो सन्क्रमित लाई उप्पयोगी मानिएको “हाइड्रोक्लोरोक्वीन”नामक औसधि भारतले, नेपालसहित १३ देसमा पठाउने ।

समाचार

काठमाडौं- भारतले नेपालसहित १३ देशमा ‘हाइड्रोक्लोरोक्वीन’ निर्यात गर्न ‘क्लीयरेन्स’ दिएको छ । कोभिड–१९ संक्रिमत कतिपय बिरामीलाई यस औषधीले लाभ पुर्‍याएको पत्ता लागेपछि विश्वभर यसको माग समेत बढेको छ ।

यो औषधीको प्रयोग परम्परागत रुपमा मलेरिया, औंला र हाडजार्नीको दुखाईमा प्रयोग गर्ने गरिन्छ । तर यसको उपयोगिता कोभिड–१९ मा पनि देखिएपछि यसको माँग विश्वभर बढेको हो ।

भारत हाइड्रोक्लोरोक्वीनको सबैभन्दा ठूलो उत्पादक राष्ट्र हो । भारतले प्रतिमहिना सो औषधीको ३५ करोड ट्याबलेट उत्पादन गर्ने क्षमता राख्दछ । भारतले नेपालबाहेक दक्षिण एसियाका आफ्ना छिमेकीहरु भुटान, माल्दिभ्स, बंगलादेश र अफगानिस्तानलाई पनि सो औषधी निर्यात गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *