लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु

समाचार

१४ भदौ, काठमाडौं । रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएका बुटवल उपमहानगरपालिका-५ का ६७ वर्षीय पुरुषको उपचारका क्रममा आइतबार मध्याह्न साढे १२ बजे मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या हुनुका साथै ज्वरो आएपछि उनी आइतबार बिहान ४ : ३५ बजे अस्पताल भर्ना भएका थिए । उनी मुटु रोग, मधुमेह र प्रेसरको समस्या रहेको अस्पतालले जनाएको थिए । मृतक कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *