खुसीको खबर : अब एउटा बैंकको एटिएम कार्डबाट अर्को बैंकको रकम निकाल्दा शुल्क नलाग्ने !

समाचार

काठमाडौं । अब एउटा बैंकको एटिएम कार्डबाट अर्को बैंकको रकम निकाल्दा शुल्क नलाग्ने भएको छ । नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले शुक्रबार भुक्तानी सेवा सञ्चालन अनुमति प्राप्त संस्थालाई शुल्क नलिन भनेको हो । यसअघि एक बैंकको एटिएमबाट अर्को बैंकको एटिएम सेवा प्रयोग गरेर रकम निकाल्दा शुल्क तिनुपर्थ्यो। सरकारले कोरोनाको अवधिभर भने यो सेवा निशुल्क गर्ने नीति ल्याएको थियो । शुक्रवार राष्ट्र बैंकले एकीकृत परिपत्र जारी गरेपछि अब शुल्क लाग्ने छैन। यस्तै डिजिटल कारोबारको सीमामा पनि सामान्य हेरफेर गरिएको छ।

एकीकृत निर्देशनमा डेबिट कार्डबाट मासिक ४ लाखसम्म भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ । यस्तै प्रतिकारोबार २५ हजारसम्म भुक्तानी गर्न सकिने र दिनमा १ लाखसम्म कारोबार गर्न सकिने व्यवस्था गरिएको छ । डेबिड कार्डबाट मासिक ४ लाखसम्म कारोबार गर्न सकिने पनि जनाइएको छ । इन्टरनेट बैंकिङमा भने दैनिक १० लाख र मासिक ५० लाखसम्म कारोबार गर्न सकिने व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *