बालकलाई सर्पले टोकेपछि मोटरसाइकलमा अस्पताल लाँदै थिए, दुर्घटनामा परी दुईजनाकै ज्यान गयो !

समाचार

काठमान्डौ , छिमेकी बच्चालाई सर्पले डसेपछि उद्धारमा खटिएका एक शिक्षकको सडक दुर्घटनामा परि ज्यान गएको छ । आईतबार बिहान ३ बजे बाँकेको राप्तीसोनारी ८ शम्शेरगन्जस्थित सशस्त्र प्रहरी चेक पोस्ट नजिकै ट्रकसँग ठोक्किएर भएको दुर्घटनामा राप्तीसोनारी गाउँपालिका १ कुसुमका ३३ वर्षीय शिक्षक चेवन देबकोटाको मृत्यु भएको हो ।

नेपालगन्जस्थित महाराजा माबिमा कार्यरत देबकोटाले चलाईरहेको भे ८ प २२३८ नम्बरको मोटरसाइकल र ना ४ ख २१३९ नम्बर ट्रक ठोक्किदा उहाँको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

आईतबार बिहान ३ बजे कुसुमका एक बालकलाई सर्पले डसेको थियो । सर्पले डसेलगत्तै बालकको उपचारकालागि मोटरसाईकलमा नेपालगन्जतर्फ लैजाने क्रममा देबकोटा दुर्घटनामा परेका हुन । दुर्घटनामा घाईते भएका बालकको पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।दुर्घटनामै घाईते भएकी एक महिलाको भने भेरी अस्पताल ने’पालगन्जमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *