पूर्वराजा ज्ञानेन्द्र शाहको चिया बागानमा किसानका ५ खसी झार खाएर मरे

Surprising

रङ उर्लाबारी ९ का किसान टेकबहादुर कटुवालले पालेको पाँच वटा खसी अचानक मरेका छन् । बिक्री योग्य भइसकेको पाँच वटा खसी मरेपछि किसान कटुवाललाई झण्डै १ लाख रुपैयाँ भन्दा बढी नोक्सानी भएको बताए ।

उर्लाबारी ९ भोटेपुलका टेकबहादुर कटुवालले खसीलाई घाँस ल्याउँदा नचिनेर ल्याएको उल्टी झार नामको स्याउला खाएपछि खसी मरेका हुन् । उक्त घाँस खाएपछि खसीको पेट फुलेको थियो भने उपचार गर्न नपाउँदै खसिहरु मरिसकेका थिए ।

उल्टी झारलाई विषालु झार मानिन्छ र यसको काँडा उल्टो हुन्छ । लज्जावति झार जस्तै देखिने झार दमक स्थित हिमालय चिया बगान वरिपरी लगाइएको छ । उक्त चिया बगान पूर्वराजा ज्ञानेन्द्र शाहको हो ।

घाँस खाएपछि मरेका खशी ।

पशुचौपायले चिया बगानमा नोक्सानी गरेपछि त्यसलाई रोक्न यो झार लगाइएको बताइएको छ । यो झार रतुवा र मावा खोला किनारमा पनि पाइने गरेको स्थानीयबासीहरुले बताएका छन् ।

चिया बगानबाट ल्याएको घाँस देखाउँदै किसान ।

अचानक खसी मरेपछि स्थानीयएक युवाले उर्लाबारी नगरपालिकामा खबर गरेका थिए । नगरपालिकाबाट कृषि शाखाबाट बिष्णु भट्टराईसहितको टोली घटनास्थलमा पुगेको थियो । लक्षणहरुको अध्ययन गर्दा फुड पोइजनका कारण खसी मरेको र अन्य रोगका कारण घटना नभएको पाइएको भट्टराईले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *