बालकको ज्यान बचाउन गएका शिक्षकको आफ्नै गयो ज्यान

समाचार

काठमाडौ । स’र्पले ड’सेका बालकलाई अस्पताल लैजान मोटरसाइकलमा हिडेका एक शिक्षकको दुर्घटनामा परि आफ्नै ज्यान गुमेको छ । बाँकेको राप्तीसोनारी गाउँपालिकाका एक शिक्षकले छिमेकीको बच्चाको ज्यान बचाउन उद्दार गर्न खोज्दा दुर्घटनामा परि आफ्नै ज्यान गुमाएका हुन् ।

राप्तीसोनारी गाउँपालिका १ कुसुम घर भई नेपालगन्जस्थित महाराजा मा बि मा कार्यरत ३३ बर्षीय शिक्षक चेवन देबकोटाको मोटरसाइकल दुर्घटनामा परी निधन भएको हो । राप्तीसोनारी गाउँपालिका ८ शम्शेरगन्जमा उनले चलाईरहेको मोटरसाइकल ट्रकमा ठ’क्क’र खाएको हो । उनले चलाएको भे ८ प २२३८ नम्बरको मोटरसाइकल र ना ४ ख २१३९ नम्बर ट्रक एक आपसमा ठ’क्क’र खाएको प्रहरीले जनाएको छ । उनको घटनास्थलमै निधन भएको प्रहरीको भनाई छ ।

आज बिहान ३ बजे उनको कुसुम घर नजिक छिमेकीको बच्चालाई स’र्पले ड’सेपछि उनले उद्दारका लागि नेपालगन्ज ल्याउदै गर्दा शम्शेरगन्ज सशस्त्र प्रहरी चेक पोस्टमा ट्रकसग ठ’क्क’र खाएर दुर्घटना भएको हो । मोटरसाइकलमा सवार बच्चा र बच्चाको आमाको अवस्था सामान्य रहेको छ। घाइते दुबै जनाको भेरी अस्पतालमा उपचार भइरहेको छ । ट्रक र चालकलाई प्रहरीका पक्राउ गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *