श्रम स्वीकृति दिने सरकारको निर्णय

समाचार

काठमाडौं/ सरकारले रोजगार खुलाएका विभिन्‍न गन्तव्य मुलुकहरूका लागि श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले त्यस्तो निर्णय गरेको हो । “रोजगार खुला गरेका गन्तव्य मुलुकको हकमा मात्र यस्तो निर्णय भएको हो,” एक मन्त्रीले भने ।

यस्तै यसअघि भदौ १५ गते मध्यरातसम्म रोक लगाएको आन्तरिक उडान, लामो, मध्यम तथा छोटो दूरी चल्ने सार्वजनिक बस सेवा, स्कुल–कलेजका परीक्षा, खेलकुद प्रशिक्षण आदि भदौ मसान्तपछि मात्रै खुला गर्ने निर्णय गरिएको ती मन्त्रीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *