विदेशबाट दैनिक ८०० जनाको उद्धार गर्ने सरकारको निर्णय !

समाचार

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले पर्यटन मन्त्रालयको जिम्मेवारी र जवाफदेहीतामा उडान संख्या, यात्रुको व्यवस्थापन, क्वारेन्टाइन र आइसोलेशनको उपलब्धताको आधारमा दैनिक ८०० जना नबढ्ने गरी चार्टर र नियमित उडानको माध्यमबाट अन्तर्राष्ट्रिय उडान गर्ने निर्णय गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए ।

धेरै निकायबीच समन्वय गर्न पर्दा समन्वयको अभावमा केही अन्योल भएको भन्दै उनले अहिले मन्त्रालयलाई नै पूर्ण जिम्मेवारी दिइएको बताए । यस्तै सरकारले गैरआवासीय नेपाली (एनआरएनए)लाई नेपाल आउन दिने भएको छ । विदेशी नागरिकता लिएका एनआरएनएहरुले नेपाल आउन नपाएको भन्दै गुनासो गर्दै आएका थिए । कूटनीतिक नियोगका सिफारिसमा नेपाल आउनै पर्ने अवस्थाका गैरआवासीय नेपालीलाई नेपाल आउन दिने निर्णय भएको खतिवडाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *