दुःखद खबर; कोरोनाका कारण ४ बर्षीया बालिकाको मृत्यु

कोरोना अप्डेट

१५ भदौ,जनकपुरधाम । महोत्तरीको मनरा सिस्वा गाउँपालिकाकी ४ बर्षीया बालिकाको कारोना संक्रमणका कारण मृत्यु भएको छ ।

उच्च ज्वरो र सास फेर्न समस्या भएपछि बालिकालाई तीन साताअघि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो । गत २३ साउनमा उपचारकै क्रममा उनको स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनलाई आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा भदौ १४ गते आइतबार दिउँसो मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिए ।
राष्ट्रियसान्चाार बाट।

Leave a Reply

Your email address will not be published. Required fields are marked *