नेकपाको वडाध्यक्षमाथि आफ्नै पार्टीका कार्यकर्ताले ‘तिमि सत्ताका भतुवाहरु’ भन्दै मुखमा हिर्काए !

समाचार

आफ्नै पार्टीको बैठकमा वडाध्यक्षमाथि हातपात भएको छ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अदानचुली गाउँपालिका–१ को वडा कमिटी बैठकमा सहभागी वडाध्यक्ष रग थापामाथि पार्टीकै नेता कार्यकर्ताद्वारा हातपात भएको हो ।

बैठकमा पार्टीका नेता तथा कार्यकर्ताले गरेका जिज्ञासाका बारेमा जवाफ दिने क्रममा पार्टीका कर्णाली प्रदेश समन्वय परिषद्का सदस्यसमेत रहेका मानबहादुर थापाले हातपात गरेको पीडित वडाध्यक्ष थापाले जानकारी दिए ।

“पार्टीको वडा कमिटीले वडाको सत्तासँग छलफल गर्ने भनेर चिठ्ठी काटेकाले म त्यहीअनुसार बैठकमा सहभागी भएँ”, वडाध्यक्ष थापाले रासससँग भने, सबैले राखेका जिज्ञासाको जवाफ दिने क्रममा ‘तिमी सत्ताका भतुवाहरु भत्ताले मातेका’ भन्दै अचानक आएर मुखमा हिर्काए ।

” पार्टीको औपचारिक बैठकमा बिना कमजोरी आफूमाथि हातपात भएको उल्लेख गरेका थापाले जनकल्याण आधारभूत विद्यालयजस्तो सार्वजनिक स्थलमा आफूमाथि भएको हातपातका बारेमा पार्टी र प्रशासनमा उजुरी दिने बताए । वडाध्यक्ष थापा नेकपा अदानचुली गाउँ कमिटीका सदस्यसमेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *