कुलमान घिसिङलाई नै विद्युत प्राधिकरणमा दोहोर्याउने सरकारको तयारी

समाचार

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पुन निर्देशकका रुपमा दोहोरिन के गर्लान् ?

भदौ २९ गते कुलमानको पहिलो कार्यकाल सकिनै लाग्दा देशभरका सामाजिक संजालका प्रयोगकर्ताले कुलमानलाई दोहोर्याउनु आजको आवश्यकता भएको बताइरहेका बेला ऊर्जामन्त्री वर्षमान पुनले कुलमान घिसिङ नै नेपाल विद्युत प्राधिकरणमा दोहोरिने जनाउ दिएका छन् ।

उनलाई दोश्रो कार्यकालका लागि नियुक्ति गर्न मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगिने मन्त्री पुनले बताए। त्यो प्रस्तावलाई मन्त्रिपरिषद्ले पारित गरेपछि उनी दोश्रो कार्यकालका लागि नियुक्त भएको खण्डमा दोस्रो कार्यकालमा पनि कुलमानले अर्को चमत्कार गर्ने धेरैको अपेक्षा छ ।

कुलमानले १८ घण्टे लोडसेडिगंको अन्त्य गरेर देशलाई नै झलमल्ल बनाएपछि उनको चर्चा चुलिएको हो । कुलमानलाई मन्त्रीपरिषदमा लैजाने विषयमा प्रचण्ड र केपी ओलीले समेत एक खालको सहमती जनाइसकेको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *