वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा भोला रिजालको दम्पतीलाई शिघ्र स्वास्थ लाभको कामना !

समाचार

काठमाडौं, वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा भोला रिजालको दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टि भएसँगै रिजाल दम्पती ह्याम्स अस्पतालमा भर्ना भएका छन्। शनिबार कोरोना पुष्टि भएपछि आइतबारदेखि ह्याम्स अस्पतालमा भर्ना भएको डा रिजालले बताए । दुवैलाई सोमबार संक्रमण पुष्टि भएपछि उपचारका लागि धुम्बाराहीस्थित ह्‍याम्स अस्पतालमा भर्ना भएका छन्। ‘हो, हामी दुवैलाई कोरोना संक्रमण भएको छ। हामी अहिले ह्‍या’म्समा भर्न भएका छौं’, उनले भने, ‘कोरोना हुँदैमा कोही पनि आत्तिनुपर्दैन ।

डाक्टरसहितका स्वास्थ्यकर्मी, पत्रकार र प्रहरी जहिल्यै जोखिममा हुन्छन्। हामी निको भएर फेरि काममा फर्किन्छौं ।’ डा. रिजालले आफूलाई कोरोना हुँदैमा कसैलाई पनि नआत्तिन आग्रह गरे। ‘यो लाग्दैमा कोही पनि नआत्तिनु होला। आफ्नो टोल छिमेकमा कसैलाई देखियो भने दुर्व्यवहार नगरौं’, उनले भने, ‘यो जोसुकैलाई हुन सक्छ। पछिल्लो पटक बानेश्‍वर र चितवनसहितमा चिकित्सकमाथि भएका घटना निन्दनीय छन् । त्यो हामी नेपालीहरुको संस्कारअनुसार भएका घटना हुँदै होइनन्।’ उनले कोरोना नियन्त्रणमा अहोरात्र खटिएकाहरुको म’नोबल बढाइराख्‍न पनि अपिल समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *