यूएईमा कोरोना भ्याक्सिनको विश्वमै सबैभन्दा ठूलो ट्रा’यल ! नेपाली सहित ३१ हजार जना सहभागी

स्वास्थ

काठमाडौं। संयुक्त अरब इमिरेट्स (यूएई) मा विश्वकै सबैभन्दा ठूलो को’रोनाभाइरस भ्या’क्सिनको ट्रायल गरिएको छ । चीनको नाइना नेशनल फा’र्मास्युटिकल ग्रुप क’र्प अर्थात सि’नोफार्मले विकास गरेको भ्या’क्सिनको तेस्रो र अन्तिम चरणको ट्रायल युएइमा गरिएको हो । यो ट्रायलमा ३१ हजार जना स्वयंसेवक सहभागी थिए । यी स्वयंसेवकमध्ये नेपाली पनि थिए तर नेपालीको संख्या कति थियो भन्ने खुलासा भइसकेको छैन ।खलीज टाइम्सका अनुसार ६ हप्तामा यी सबै स्वयंसेवकलाई भ्या’क्सिन लगाइएको हो ।

अब स्वयंसेवकको लागि नाम दर्ता ब’न्द गरिसकिएको छ । स्वास्थ्य अधिकारीहरुले स्वयंसेवकहरुको संख्या पर्याप्त भइसकेकोले नयाँ स्वयंसेवक दर्ता ब’न्द गरिएको बताएका छन् । भ्या’क्सिन लगाउने स्वयंसेवकहरु नेपालसहित १२० भन्दा धेरै देशका नागरिकहरु छन् ।स्थानीय अधिकारीहरुले कम समयमै भ्या’क्सिनेशनको लक्ष्य पूरा गरेकोमा स्वास्थ्य कर्मचारीहरु र स्वयंसेवकहरुको प्रशंशा गरेका छन् ।यूएईमा ट्रायल गरिएको यो भ्या’क्सिनलाई चीनले तयार गरेको हो । चीनको कम्पनी सि’नोफार्मले संयुक्त अरब इमिरेट्सको जी ४२ हे’ल्थकेयरसँग मिलेर ट्रायलको अ’भियान चलाएको हो ।

सि’नोफार्मले पहिलो र दोस्रो चरणको ट्रायलमा भ्या’क्सिनले राम्रो नतिजा दिएको बताएको छ । रिपोर्टका अनुसार हजारौं मानिसहरुलाई भ्या’क्सिनको दोस्रो डो’ज दिइसकिएको छ । अब ती स्वयंसेवकहरुको निरन्तर नि’गरानी गरिएको छ ।अबु धाबीका स्वास्थ्य मन्त्री अब्दुल रहमान बिन मोहम्मद अल हौ’वेसले भने कि कोरोना महामारीका विषयमा सरकार सुरु देखि नै विश्वव्यापी सहभागिताको साथ काम गरिरहेको छ । सोमबार कोरोनाभाइरसका कूल केस संख्या २ करोड ५४ लाखभन्दा धेरै भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *