माछा मार्न गएका एक युवकको करेन्ट लागेर मृत्यु

समाचार

नेपालगञ्ज,१६ भदौ । माछा मार्न गएका बाँकेका एक युवकको करेन्ट लागेर मृत्यु भएको छ । जङ्गली बँदेल मार्न थापिएको करेन्टको पासोमा परेर राप्तीसोनारी–२ का २१ वर्षीय तिलक थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।जङ्गल क्षेत्रबाट धानबारीमा आउने गरेको बँदेल मार्ने उद्देश्यले स्थानीयले आप्mनो खेतबारीमा करेन्टको पासो थाप्ने गरेका छन् । सो घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच रोजगारी नपाएको भन्दै भारत जान खोज्नेहरुका कारण आज जमुनाह नाकामा केही समय अप्ठेरो स्थिति सिर्जना हुन पुग्यो । कोरोना कहरका कारण यातायातका साधन नचलेको र सीमा नाकासमेत बन्द रहेको अवस्थामा कर्णालीलगायत पश्चिमका पहाडी जिल्लाबाट एउटा समूह जामुनाहसम्म आइपुगेको थियो ।

उनीहरुले भारत जानका लागि माग गरिरहेका थिए ।“भारतमा राहतकार्ड लिएकालाई छाड्ने गरिएकाले झण्डै १०० जनालाई जमुनहा नाकावाट आज पठाइएको हो”,बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले भन्नुभयो ।

त्यस्तै काठमाडौँबाट बिरामी लिएर सर्लाही जाँदै गरेको एम्बुलेन्स चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित पानीधारमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा सर्लाही बरहथवा नगरपालिका–२ की १५ वर्षीया बाधे राना मगरको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रहरी निरीक्षक (इन्सपेक्टर) दयाकृष्ण भट्टले जानकारी दिए ।

ना ५ च १०३३ नम्बरको एम्बुलेन्स अनियन्त्रित भई दुर्घटना हुँदा सडकबाट ५० मिटर तल त्रिशुली नदीको किनारामा खसेको इन्सपेक्टर भट्टले बताए । त्यस्तै एम्बुलेन्स दुर्घटनामा अन्य चारजना घाइते भएका छन् ।

विरामीसहितको एम्बुलेन्स दुर्घटना हुँदा घाइते भएका ४ जनालाई उपचारको लागि भरतपुर पठाइएको छ । घाइते हुनेहरुमा एम्बुलेन्स चालक २८ वर्षीय सरोज दाहाल, क्यान्सर बिरामी बरहथवा नगरपालिका–२ सर्लाहीका ५० वर्षीया दिल मायाँ राना मगर,३४ वर्षीय नरबहादुर मगर र २६ वर्षीय मेक कुमारी राना मगर छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *